arrow

हिन्दु महासंघको अधिवेशन तयारी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत २ शुक्रबार
bishwa-hindu-mahasangh.jpeg

स्याङ्जा । स्याङ्जामा विश्व हिन्दु महासंघको प्रथम जिल्ला सभा(अधिवेशन) को तयारी पुरा भएको छ । शनिवार उत्तर बाहिनी गंगामा हुन लागेको महायज्ञ स्थलमा विश्व हिन्दु महासंघको अधिवेशन गर्ने गरी तयारी पुरा भएको आयोजकले जनाएको छ । मुलुकलाई धर्मनिरपेक्ष घोषणाको तयारी भएका बेला २०६० सालमा देशभरका हिन्दु समुदायले विश्व हिन्दु महासंघ नामाकरण गरी विधिवतरुपमा संस्था दर्ता गरेका थिए । हिन्दुत्वको रक्षा गर्नका खातिर यो संस्था दर्ता गरेको आयोजकको दावी छ ।

विश्व हिन्दु महासंघ स्याङ्जाका संयोजक हरीहर पाण्डेले नेपालीहरुको सांस्कृतिक, धार्मिक एंव सामाजिक जागरणलाई उत्थान गराउने अभियानका साथ अगाडी बढेको बताए । प्रथम जिल्ला सभाले कार्यसमिति चयन गरेपछि जिल्लाका ११ ओटा स्थानीय तहमा समेत समिति बनाउने लक्ष्यका साथ लागेको संयोजक पाण्डेले बताए । हिन्दुप्रति आस्था राख्ने सबै हिन्दुहरुलाईएकै ठाँउमा ल्याउने हाम्रो प्रयास हो पाण्डेले भने,“सबै हिन्दुहरुको जागरण भएन भने भोलीका सन्ततीले हाम्रो परम्परा र संस्कृति देख्न पाउने छैनन् ।” यसको संरक्षण र संम्वद्धनका लागि पनि आजै देखि सबै लाग्नुपर्ने पाण्डेले बताए ।

मुलुकलाई धर्मनिरपेक्ष घोषणा पछि देशमा देखिएको दुर्रदर्शा प्रति लक्षित गर्दै आयोजकले सबैले आ—आफ्नो धर्म मान्ने अधिकार रहेको जनाएका छन् । अधिकारको खोजी सगै अराजकताले जरो गाढेकाले हिन्दु धर्मको संरक्षण गर्नुपर्ने दायीत्व देखिदै आएको आयोजकको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ