arrow

जङ्गबहादुरको घोडा किन्ने कि !

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
junga.jpg

काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व शनिवार काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ ।  जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख दिँदैन ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी बनिवारै राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ ।

शनिवारको दिन जङ्गबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ । नेपाली सेनाका तर्फबाट शनिवारै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिन्छ । शनिवारकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ