arrow

ओलीलाई आफ्नाकै डर 

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
kp-sharma-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला केही गर्न खोजेजस्ता देखिन्छन् । उनले मुलुकको अर्थतन्त्रलाई उकासेर विकास गरी साँच्चिकै नेपाललाई सिंगापुर बनाउने मन्त्र लिएर आएजस्ता देखिन्छन् । बाहिरबाट यस्तै देखिन्छ । 

यसकै ट्रेलर स्वरुप ओलीले आइतबार सबै मन्त्री, सरकारी कार्यालयका सचिवलगायत कर्मचारीहरुसमेत भेला गरी खवरदारी गरेका छन् । 

ओलीले झुक्किएर कसैले देश र जनताका काम गर्न नखोज्ने हो भने तत्काल कार्वाही गर्ने चेतावनी दिए । सहभागी एक मन्त्रीले भने, ‘प्रधानमन्त्री ज्यूले हामीलाई सजग गराउनु भएको छ, यसले हामीलाई राम्रो मार्गनिर्देश गरेको छ, यो निर्देशन र चेतावनीले अब कर्मचारीहरुले काम नगरी बस्लान् भन्ने लाग्दैन ।’

ओलीले नयाँ जाँगर र उत्साह लिएर काम नगर्ने हो भने बिदा भए हुन्छ भन्ने निर्देशन दिएका थिए । 

ओलीले ‘जनताप्रतिको प्रतिवद्धता नदेखिने साथीहरु हुनुहुन्छ भने अब त्यसरी चल्दैन घर फर्किनु्स्’ भनेर आदेश दिएको पनि सहभागी मन्त्रीले बताए । 

ओलीले भ्रष्टाचार गर्नेलाई नछाड्ने चेतावनी पनि दिएका छन् । यदि आदेश लागेर हुने भए पहिलो पटक कुनै पनि प्रधानमन्त्रीले यसरी सामुहिक रुपमा राखेर कार्वाही गर्ने चेतावनी दिनुले त्रास छाएको छ । 

इमानदार हौसिएका छन् भने बेइमान गर्न बानी परेकाहरु हतोत्साही भएका छन् । 

होलान् ओली सफल ? 

ओलीले यस्ता किसिमका निर्देशन र कामका योजना यसअघिको सरकारका पालामा पनि दिएका थिए । 

ओलीले भनेजस्तो भएको भए अहिलेसम्म मुलुकले दुई वर्षमै कायापलट गर्ने थियो । 

ओलीको सबैभन्दा खरावी बढी बोल्नु र कम काम गर्नु नै हो । 

तर मानिस परिवर्तनशिल छ । ओली परिवर्तन भएका भए यसपटक मुलुक समृद्धिको बाटोमा अगाडि बढ्छ । 

बोली र व्यवहारलाई समान बनाउन सक्ने हो भने ओलीले सोचेजस्तो हुनेछ । तर उनको सोच र टिमको सोच भने एउटै हुनुपर्नेछ । 

ओलीलाई आफ्नाबाटै अविश्वास 

ओलीले जे बोलिरहेका छन् त्यो हुनै नसक्ने उनी निकटका एक नेताले बताए । 

उनले नाम नखोल्ने सर्तमा भने, ‘ओली कमरेडले बोल्न त कहिले पो राम्रो बोल्नुभएन र । बोल्नेमात्रै हो, उहाँको सोच फरक हुन्छ ।’ 

कुरो के त ? उनले खोले, ‘अबको दशौं महाधिवेशन भब्य हुनेवाला छ, त्यसका लागि जसले जति बढी पैसा दिन्छ उसैलाई जुनसुकै ठाउँका पद सुम्पने योजना भइरहेको छ ।’

यदि यसकै लागि ओली बाहिर सचेत गराउने र भित्र सेटिङ मिलाउने काम गरेका हुन् भने यो दुर्भाग्य हो । 

एक स्रोत भन्छ, ‘पैसाको बार्गेनिङ र लाइन मिलेको भए ईश्वर कमरेड (महासचिव ईश्वर पोखरेल) ले रक्षा मन्त्री खानु पर्दथ्यो र ?’

हुन पनि ईश्वर पोखरेलले १० वर्षपछि मन्त्रालय सम्हाल्ने अवसर पाएका थिए । उनले खोजेको अर्थ मन्त्रालय थियो । वाध्य भएर रक्षा मन्त्रालय खान पुगे । 

ओलीले आफ्नाहरुलाई भर्ती गर्ने क्रम सुरु भइसकेको छ । जनतालाई मुर्ख बनाउने प्रयास थालेका हुन् भने बेइमानी हो । तर ओलीलाई पहिलेदेखि नै बुझेकाहरुले विश्वास गरेका छैनन् । 

यदि ओली फेरिएका हुन् भने आफ्नैबाट भने धोका हुने निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ