arrow

मोदी र सी नेपाल आउने पक्का, यस्तो छ ओलीको योजना  

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
Nepal-India-china-flag1.jpg

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल आउने लगभग पक्का भएको छ। भारतीय प्रधानमन्त्री मोदी बैशाख दोस्रो साता र त्यसपछि चिनियाँ राष्ट्रपति आउने तय भएको उच्च स्रोतले बताएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली निकटको उच्च स्रोतका अनुसार ओलीले पहिले मोदी र सीलाई नेपालमा स्वागत गरेपछि मात्र आफू ती देशहरुको भ्रमणमा जाने तयारीमा लागेपछि छिमेकी सद्भाव बढ्ने बुझिएको छ ।

ओलीले पहिलेको परम्परा तोड्दै नयाँ शैली अपनाउन थालिएकोप्रति झन् सराहनीय कदम भन्दै प्रशंसासमेत हुन थालेको छ। 

किन छिमेकीहरु नतमस्तक हुन थाले ? 
नेपालमा बाम गठबन्धनको सरकार बने लगत्तै छिमेक चासो बढ्दै गएको छ। नेपालमा लगाइएको नाकाबन्दीपछि फेरिएको राजनीतिले भारतलाई नै घाटा पुर्याएको भारतीयहरुकै ठम्याइकाबीच नेपालमा राष्ट्रवादी छवि बनाउन सफल प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रीय राजनीतिक महत्व बढ्दै गएको हो। 

विशेष गरी भारतसँगको पारवहनमा मात्र भर नपर्ने गरी चीनसँगको पारवहन सम्झौता अनि चीनको वेल्ट रोड इनिसिटिभ विओआरमा हस्ताक्षरले भारतलाई पनि नेपालप्रतिको सद्भाव अझ बढेको देखिन्छ । 

छिमेकमा चीनको तीव्रतर प्रवेशले भारत पनि सजग बनेको छ । 

अर्कोतर्फ दुई तिहाई बहुमतको समर्थनमा बनेको वर्तमान ओली नेतृत्वको सरकारलाई बधाई दिन भारतको चिर शत्रु पाकिस्तानका प्रधानमन्त्री शाहीद खकानी अब्बासीको नेपाल भ्रमणले भारत सजगमात्र हैन छिमेकीका नाताले केही चिन्तित पनि बन्दै गइरहेको बुझ्न सकिन्छ । 

नेपालमा भारतइतरका शक्ति केन्द्रीत हुन थालेको साउथ ब्लकको निष्कर्षले उच्चस्तरीय राजनीतिक भ्रमणलाई निश्चित गर्ने संकेत गरेको छ। बैशाखको दोस्रो सातामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने तयारी थालेका छन्। 

विदेश मन्त्रालयको सक्रियता मात्र नभएर मोदी भ्रमणलाई भारतीय इन्टेलिजेन्सी ‘रअ’ को समेत सक्रियता हुने देखिएको छ। 

केही दिनअघि मात्र भारतीय जनता पार्टी विजेपीका विदेश विभागका नेता विजय जोलीले प्रधानमन्त्री केपी ओलीसँग आन्तरिक छलफल गरेका थिए। उनले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सहित नेपाल–भारतबीचका आगामी सम्बन्धहरुका बारेमा कुराकानी गरेको उच्च स्रोतले जनाएको छ। 

भारतीय उच्चस्रोत भन्छ, ‘नेपालमा चिनियाँ पक्षको उच्चस्तरीय भ्रमण हुँदै छ, त्यस अघिनै मोदी नेपाल आउने छन्।’ स्रोतका अनुसार करिब–करिब बैशाख ७ देखि १० गतेसम्म नै हो, यदी यसमा फेरबल नै भएपनि एक दुई दिनको तलमाथि मात्र हुनेछ। 

नेपालमा बैशाख अन्त्यतिर चिनियाँ राष्ट्रपति सी जिनफिङले भ्रमण गर्ने तयारी थालेको स्रोतको दाबी छ। यसअघि नै भारत आफ्नो विशेष उपस्थिति नेपालमा देखाउन चाहेको प्रष्ट हुँदैछ। बलियो सरकार गठन भएसँगै नेपालमा विदेशीको चासो विशेष देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ