५ जनाको हत्यामा संलग्न ‘खूनडाँका’ सर्लाहीमै भेटिए, खोज्न ३ वर्ष लाग्यो प्रहरीलाई
प्रकाशित २०७४ चैत ७ बुधबार
632
Shares
सर्लाही । ५ जनाको गोली हानी हत्या गरेको आरोप लागेका ‘राजु’ भनिने उमेश पासवान प्रहरी तीन वर्षपछि प्रहरीको फन्दामा परेका छन् । उनी सर्लाहीबाट पक्राउ परेका हुन् ।
उमेशले रुपन्देही, चितवन, सर्लाही लगायत जिल्लामा गोली हानेर पाँच जनाको हत्या गरेको प्रहरीको जिकिर छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिपुरको संयुक्त प्रहरी संयन्त्रले उनलाई पक्राउ गरेको हो ।
सर्लाहीका एसपी मसाउद आलम खाँका अनुसार हरिपुरमा तीन वर्षअघि गोली हानी उनले एक व्यक्तिको हत्या गरेका थिए । गोली प्रहार गरेका एक दर्जन घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
पासवानको काम धन्दै त्यही थियो, एसपी खाँले भने, ‘धम्काउदै पैसा माग्ने र पैसा नदिए गोली हानेर हत्या गरिदिने ।’
सर्लाहीको लालबन्दी नगरपालिका २, घर भएका ४५ वर्षीय उमेशलाई खूनडाँका तथा संगठित अपराध, डाँका, हातहतियार, कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, चोरी, जबरजस्ती चोरी लगायका थुप्रै मुद्दा छन् । ती मुद्दा अहिले पनि विचाराधिन छन् ।