गिरिजाबाबुको स्मृति दिवसमा गच्छदारले भने - काँग्रेस बलियो बनाउन म उपसभापति हुनुपर्छ
प्रकाशित २०७४ चैत ७ बुधबार
380
Shares
धुलिखेल । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफूलाई पार्टी उपसभापतिको जिम्मेवारी दिइए पार्टीलाई थप बलियो बनाउन भूमिका खेल्ने बताएका छन् ।
स्व गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा काँग्रेस जिल्ला कार्यसमितिले बुधवार काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको ‘नेपालको संविधानको कार्यान्वयनमा काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेता गच्छदारले आफूलाई उपसभापति दिइए प्रतिपक्षमा रहेर पार्टीले थप सशक्त भूमिका निर्वाह गर्ने बताएका हुन् ।
उनले काँग्रेसको मान्यता संसदीय प्रजातन्त्र भएको र त्यसको मूल्य मान्यताका लागि हजारौँले रगत बगाएको स्मरण गर्दै पार्टी अझ संगठित हुन आवश्यक रहेको बताए । रासस