arrow

सुन्धारा आगलागी घटनामा दुई जना घाइते, आगो निभाउन १० दमकल

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
sundhara.JPG

काठमाडौँ । काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा बुधबार साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन् । 

आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका जयराम डगौराको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइते मगर उक्त रेष्टुरेन्टकी कामदार हुन् भने डगौरा सुरक्षा गार्ड भएको जनाइएको छ । विद्युत चुहिएर आगलागी भएको शंका गरिएको छ । 

अनुप अग्रवाल समूहको सञ्चालनमा रहेको उक्त रेष्टुरेन्टमा भएको आगो निभाउन १० वटा दमकललाई करीब दुई घण्टा लागेको थियो । 

साँझ ६ः०० बजे लागेको आगो ८ः०० बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपद् व्यवस्थापन टोली उक्त आगलागी नियन्त्रणमा खटिएका थिए । 

भूइँतलामा भएको उक्त आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ