arrow

होटल भ्यु पोईन्टमा आगलागी

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
fire.jpeg

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङस्थित एक होटलमा शुक्रबार बिहान आगलागी भएको छ । हेलिप्याडमा रहेको होटल ईको भ्यु पोईन्टमा करिव ६ बजे आगलागी भएको हो । 

आगलागीका कारण भवनको छतमा रहेको रेष्टुरेण्ट जलेर नष्ट भएको छ ।  रेष्टुरेण्टको काउण्टरको भागबाट एक्कासी आगो सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले आगो झण्डै १ घण्टा नियन्त्रणमा लिएका थिए । 

आगलागीबाट नजिकै रहेका घरहरु भने जोगिएका छन् । क्षतिको विवरण आएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ