पर्सामा व्रतालुहरुले अर्पण गरे अस्ताउदो सुर्यलाई अर्घ
बिजय चौहान,
प्रकाशित २०७४ चैत ९ शुक्रबार
323
Shares
वीरगन्ज । चैती छठ पूजाको शुक्रवार तेस्रो दिन व्रतालुहरुले अस्ताउदो सुर्यलाई अर्घ अर्पण गरेका छन् । वीरगन्जको घडिअर्वा पोखरि,नगवापोखरि, मुर्ली पोखरि, रानीघाट,छपकैया, बजार छपकैया लगायतका स्थानमा सिंगारिएको छठी घट घाटमा व्रतालुहरुले अस्ताउदो सुर्यलाई अर्घ अर्पण गरेका हुन ।
पारिवारिक सुःख शान्ति र सन्तान प्राप्तीका लागि खास गरी तराईमा मनाईने छठ पर्वको महत्व बढ्दै गएपछि चैत्रको प्रचण्डा गर्मिमा समेत दुई दिनसम्म निर्जला व्रतवसि छठ पर्व गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको घडिअर्वा पोखरि छठपूजा व्यवस्थापन समितिका अध्यक्ष बलमिकी साहले बताए । उनले केही वर्ष अघिसम्म चैती छठ पूजा गर्नेको भन्दा हाल संख्या तेब्बर भएको जानकारी दिए ।
विधी पुर्व छठ पर्व गर्नाले परिवारका व्यक्तिलाई भएको छाला सम्बन्धि रोग निको र श्रीमानको आयो लामो हुने मान्याता रहेको व्रतालुहरुको विश्वास रहेको छ ।