arrow

कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत ९ शुक्रबार
pakrau-new.jpeg

पाँचथर ।  कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले पन्ध्र वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा पाँचथर तुम्बेवा गाउँपालिका एक बस्ने ५६बर्षिय लाल बहादुर तामाङ रहेका छन् ।

गत ०५७ कार्तिक २६ गते सोही ठाउँ वस्ने ३९ बर्षिय टेक बहादुर भण्डारीलाई कुटपिट गरी हत्या गरेर तामाङ फरार थिए । तामाङलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मौवा पाँचथरबाट खटिएको टोलिले धनकुटाको भेडेटार स्थित लुकीछिपी बसेको अवस्थामा शुक्रवार पक्राउ गरेको थियो ।

उनको ज्यान कर्तब्य मुद्धामा १ बर्ष ११ महिना ५ दिन कैद सजाय तोकिई फरार रहेका  थिए । पक्राउ परेका तामाङलाई जिल्ला अदालत पाँचथरले तोकिएको कैद भुक्तान गर्न पक्राउ परेकै दिन कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ