arrow

माओवादीले भन्याे-ओलीकाे भारत भ्रमण अघिनै पार्टी एकता गर्नुपर्छ

logo
प्रकाशित २०७४ चैत १० शनिबार
oli-prachanda2.jpg

काठमाडौं । सत्ताधारी माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकता गर्नुपर्ने भनेको छ ।

ललितपुरको खुमलटारमा बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले ओलीको भारत भ्रमण अघि नै पार्टी एकता हुनुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी एकताको प्रगतिबारे छलफल गर्न बसेको बैठकमा माओवादी नेताहरुले यस्तो धारणा राखे । तर, पार्टी एकताको सांगठनिक र सैद्धान्तिक विषय मिलाउन गठन गरिएका दुई कार्यदलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते पार्टी एकता गर्ने भनिरहेका छन् ।
माओवादी केन्द्रले त्यहाँसम्म कुर्न नसक्ने कुरा झिकेको छ । यसले माओवादी सशंकित भएको संकेत आएको छ । माओवादी केन्द्रले प्रधानमन्त्रीको भारत भ्रमण अगावै एकता गर्नेगरी काम अघि बढाउनु पर्नेमा जोड दिँदै त्यसका लागि वातावरण बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओली आउँदो चैत २३ गते तीनदिने भ्रमणका लागि भारत जाने कुरा छ । बैठकमा सहभागि एक नेताले भनेका छन्, ‘एकता संयोजनका लागि गठन गरिएको कार्यदलले ७५ प्रतिशत काम सकियो भनेका छन् । प्रधानमन्त्रीको भारत भ्रमण अगावै पार्टी एकता गर्ने गरी गृहकार्य गर्ने निष्कर्ष निकालिएको छ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता चाँडोभन्दा चाँडो गर्दा राष्ट्र र समग्र पार्टीको हितमा रहेको निष्कर्षसहित युद्धस्तरमा आन्तरिक तयारी सम्पन्न गरिने बताएका छन् । पार्टी एकताको अन्तिम तयारीका लागि चैत १५ गते केन्द्रीय सचिवालय बैठक बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ