arrow

तारानाथ दाहाललाई स्वतन्त्रता सेनानीबाट सम्मान गर्ने महासंघको निर्णय

logo
प्रकाशित २०७४ चैत १० शनिबार
taranath-dahal.jpg.jpeg

पाँचथर । नेपाल पत्रकार महासंघ, पाँचथर शाखाको चैत्र १० गते बसेको वैठकले स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार, २०७५ बाट नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाललाई सम्मान गर्ने निर्णय गरेको छ ।

पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई वर्षेनी प्रदान गरिने स्वतन्त्रता सेनानी सम्मानबाट यसअघि महासंघका पूर्व सभापतिहरू विष्णु निष्ठुरी, शिव गाउँले र किशोर नेपाल सम्मानित भएका छन् । सम्मानका साथ दाहाललाई २२ हजार २ सय २२ रुपैंयाले पुरस्कृत गरिने छ ।

यसका साथै ५ हजार ५ सय ५५ रुपैंया राशीको स्व.हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कार २०७५ बाट स्थानीय पत्रकार राधा लुईंटेललाई पुरस्कृत गरिन भएको छ ।

सम्मान र दुवै पुरस्कार आगामी २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा वितरण गरिने छ । साथै सोही अवसरमा महासंघको शाखा भवनको शिलान्यास गर्ने कार्यसमिति वैठकले निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ