arrow

कालीगण्डकीमा डुबेर युवकको मृत्यु

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ चैत १० शनिबार
kaligandaki.jpeg

पाल्पा । कालीगण्डकी नदीमा डुबेर शनिबार दिउँसो एक युवकको ज्यान गएको छ । बारेकोट गाउँपालिका १ रमीडाँडा जाजरकोटका २० वर्षिय दल बहादुर घर्तीको नदीमा डुबेर ज्यान गएको हो ।

निर्माणधिन कालीगण्डकी करिडोरको पाल्पा खण्ड रामपुर नगरपालिका १ साखर्दी र निस्दी गाउँपालिका १ बाकामलाङ् जोड्ने साँखर्दी खोलामा पुल निर्माणमा आएका घर्तीको नुहाउने क्रममा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । शनिबार दिउँसो पौने १२ बजे साथीहरु संगै निस्दी १ बाकामलाङ स्थित लिटिपिरिङ घाटमा नुहाउन गएका उनी चिप्लीएर गण्डकीमा डुबेका थिए ।

झण्डै पौने घण्टा सम्म पानी भित्रै बेपत्ता भएका घर्तीलाई स्थानिय युवाहरुले नदी बाट अचेत अवस्थामा उद्धार गरेका थिए । उनलाई उपचारको लागि रामपुर अस्पताल लगिएको थिए । अस्पतालमा पुर्‍याउन साथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ