arrow

काँग्रेस नेता महत भन्छन् - मासुका लागि त अरु बिकल्प पनि छन्, गाई नै किन ?

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
mahat_dr1.JPG

बिदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपालको धार्मिक साँस्कृतिक पहिचानलाई मटियामेट् पार्ने बिदेशीहरुको षडयन्त्रमा सत्ताका महत्वपूर्ण जिम्मेवारीमा रहेकाहरुको समवेत स्वर मिसिनु दुर्भाग्यको विषय भएको वताएका छन् ।

भाषा, संस्कृती र पहिचानको जगमा कुनै पनि राज्यले आफ्नो पहिचान निर्दिष्ट गर्ने भएकाले धार्मिक पहिचानलाई अवहेलना र तिरस्कार गर्ने प्रबृत्ती गलत भएको नेता महतको भनाई छ ।
 
आईतवार नुवाकोटको देबिघाटमा आयोजित शतचण्डी महायज्ञ तथा ज्येष्ठ नागरीक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन उद्घाटन समारोहमा वोल्दै काँग्रेस नेता महतले अध्यात्म, संस्कृती र सभ्यताका प्रतिकहरुको संरक्षण र सम्मानमा नै एकतावद्ध समाज निर्माण सम्भव भएको वताउँदै करोडौं नेपालीको आस्थाको प्रतिकका सन्दर्भमा गलत धारणा सार्वजनिक हुनु  अतिवादी सोचको उपज भएको वताए ।

प्रदेश नं. ३ को प्रदेश सभा उप–सभामुख राधिका तामाङ सहितले गाई काटेर खान पाउने विषयको संवैधानिक व्यवस्थापन गर्नुपर्ने भनि उठाएको आवाज तर्फ ईंगित गर्दे नेता महतले कार्यक्रममा भने –“मासु नै खानका लागि त धेरै बिकल्प हरु छन, गाई नै काटेर मासु नखाई नहुने विषय कुन उद्धेश्यवाट प्रेरित छ ? धार्मिक सद्भाव भड्काएर कस्तो खाले धार्मिक सहिष्णुताको बखान गरिरहेका छौं हामी ?”

कार्यक्रममा नेता महतले नुवाकोट जिल्ला सबै दृष्टिवाट प्रदेश राजधानी वन्न उपयुक्त भएकाले प्रदेश सभाले उक्त प्रस्ताव ल्याए काँग्रेसको पूर्ण समर्थन रहने प्रतिवद्धता समेत जनाए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ