arrow

एमाले–माओवादी प्रतिवेदनले अन्तिम रुप पाउँदै 

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
uml-maobadi-new.jpg

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । 

सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आइतबारको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

उनले भने, “मस्यौदामाथि दुवै पक्षले आआफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्य दलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ ।” 

नेकपा एमालेका नेता माधवकुमार नेपाल संयोजक रहनुभएको उक्त कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघु पन्त र सुवास नेम्वाङ तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् । 

कार्यदलले तयार गरेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउनेछ । 

दुवै पार्टीका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममार्फत पार्टी एकता अब छिट्टै हुने घोषणा गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ