arrow

प्रमाण आएन भन्दै गणेश लामालाई फेरि दश दिन म्याद थपियो 

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
ganesh-lama-want-to-enter-maiost-192851.jpg

काठमाडौँ । हतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । 

फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

“थप अनुसन्धान भएपछि मात्र यस सम्बन्धमा आधिकारिक प्रमाण आउँछ”, उनले भने ।

हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ । 

लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई यही माघमा अदालतले सफाइ दिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ