arrow

ईयुले तुरुन्त प्रतिवेदन सच्चाउनु पर्छ – भट्टराई

logo
आचार्य प्रदीप
प्रकाशित २०७४ चैत १३ मंगलबार
khimlal-bhattarai.jpg

बुटबल । राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले युरोपेली युनियन ईयुले अर्काको देशको विषयमा बोल्न जरुरी नरहेको बताएका छन् । 

उनले ईयुले बोलेको गम्भीर विषय भएको बताउँदै अर्काको देशलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन, यसमा हामी घोर आपत्ति गर्छांै, इयुले तुरुन्त यो प्रतिवेदन सच्चाउनु पर्छ भनेका छन् ।
 
रिपोर्टर्स क्लव नेपाल पाँच नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा उनले संविधान कायान्वयन गदैँ देश अगाडी बढेको छ, संविधान कार्यान्यन हुँदैन, संविधान पुनर्लेखन गर्नुपर्छ भन्ने विचार आए पनि संविधानले सबै निर्वाचन सम्पन्न गरी कार्यान्वयनमा गएको बताए । 

नेता भट्टराईले देश विकास र समृद्धितर्फ केन्द्रीत भएर अगाडि बढेको बताउँदै नेपालकै इतिहासमा पहिलोपटक भएको छ स्थायी सरकार भएको बताउँदै अब राजनीति गर्ने व्यक्तीले  विकास र समृद्धीका कुरा गर्नुपर्ने समय आएको छ, विकास र समृद्धीका कुराहरु नगर्ने अव नेता नै हुँदैँन भने । 

उनले बाम गठबन्धनलाई ठुलो अवसर आएकोले सुखी नेपाली समृद्ध नेपाल बनाउँने अवसरसँगै चुनौती छ, जनताले दिएको विश्वास पुरा गर्ने अभियानका साथ सरकार अगाडी बढेको छ भने ।

चैत २३ गतेदेखि हुने भारत भ्रमणको एजेण्डा नबने पजि ऐतिहासिक हुने उल्लेख गरे । देश र जनताको पक्षमा भ्रमण हुने विश्वास दिलाए ।

नेता भट्टराईले भारत भ्रमण अगाडी नै एकता हुने गरी माओवादी पनी अगाडी बढेको, एकता हुन्छ कि हँुदैँन यसमा दुईमत छैन, एकता हुन्छ भने । 

पाँच नम्बरको राजधानी अस्थायी राजधानी देउवा सरकारले तोकेकोले राजधानी सार्न खोजेमा धेरै विवाद आउने हुँदा, प्रदेशको राजधानी रुपन्देही बाहेक अन्त जाँदैन, यहीँ नै स्थायी राजधानी हुन्छ भट्राईले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ