arrow

प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारी तीव्र, भारतीय विदेश मन्त्रालय र नेपाली दूतावासबीच छलफल

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
oli-modi.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी तीव्र रुपले भइरहेको छ । ओली यही चैत २३ गते भारत जाने अनौपचारिक मिति आए पनि औपचारिकताका लागि छलफल भइरहेको छ । 

भारतमा भारतीय विदेश मन्त्रालयमा मंगलबार बिहान मन्त्रालय र भारतस्थित नेपाली दूतावासका पदाधिकारी बीच छलफल हुँदैछ । 

यो छलफलपछि ओलीको भारत भ्रमणको औपचारिक मिति टुंगो लाग्ने स्रोतले बताएको छ । 

यता काठमाडौंमा पनि नेपालस्थित भारतीय दूतावासले पनि प्रधानमन्त्री ओलीको भ्रमणका लागि तयारीलाई तीव्र तारिएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ