खुमबहादुर खड्काको स्वास्थ्य जटिल, कांग्रेसका दुई नेता दिल्ली प्रस्थान
प्रकाशित २०७४ चैत १३ मंगलबार
302
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न र उपचारको व्यवस्थापनका लागि काँग्रेसका दुई नेता मंगलबार बिहान भारत गएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाउने निर्णय गरेअनुसार उनीहरु भारत गएका हुन् ।
उनीहरुसंगै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी पनि भारत गएका छन् ।
काँग्रेस बैठकले खड्काको गम्भीर स्वास्थ्य स्थितिप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गरेको छ ।
मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलाई नयाँदिल्ली लगिएको हो ।