arrow

कांग्रेस महामन्त्री शशांक कोइराला किन मौन ?

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
khemraj-dahal.jpg

काठमाडौं । साउन महिनाको पहिलो हप्ता कांग्रेसका तीन हस्ती शशांक, शेखर र सुजाता कोइराला एकै ठाउँमा देखिए । अघिल्लो पुस्ता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको देहान्तपछि पहिलो पटक तीन कोइराला एकै ठाउँ देखिँदा धेरैले अड्कल काटेका थिए कि कांग्रेसमा अब फेरि कोइराला परिवारले आफ्नो लिगेसीलाई निरन्तरता दिने छन् । 

पहिलो चरणको स्थानीय निर्वाचन सफल रुपमा सम्पन्न गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्खरै प्रधानमन्त्री सुम्पेको समय थियो । देउवाले आफ्नो मन्त्री परिषद पनि पुर्ण रुपमा बिस्तार गरिसकेका थिएनन् । 

पहिलो चरणको निर्वाचन शान्तिपुर्ण तरिकाले सम्पन्न गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिस्थापित गरि प्रधानमन्त्री बनेका देउवाले दोस्रो चरणमा सप्पन्न गर्ने भनिएको स्थानीय निर्वाचनलाई फेरि तेस्रो चरणमा पुर्याएका थिए । यता पहिलो र दोस्रो स्थानीय निर्वाचनमा आफू सरकारमा रहेको र पहिलो पार्टी भएको हुँदाहुँदै पनि दोस्रो स्थानमा पार्टी खस्किनुले कांग्रेसभित्र बाहिर कांग्रेस नेतृत्वको केही आलोचना हुन सुरु गरेको थियो यहीँ बेला कोइराला परिवारका तीन नेताहरु एकै ठाउँ बसेर केही सन्देश दिन खोजी रहेका थिए ।

आफ्नो निजी जीवननमा होस् या पार्टीभित्र होस धेरै बोल्न नरुचाउने कसैलाई नबिजाएका खासै बिबादित नदेखिएका डा शशांक कोइराला १३ औं महाअधिबेशन महामन्त्री लड्दै गर्दा पनि यहीँ कुराले धेरै साथ दियो । सभापतिका प्रत्यासी रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीमा लडेका कोइराला सभापतिमा आफ्नो प्यानलले हार ब्यहोरेको भए पनि आफू निर्बाचित भए । 

लामो समयदेखिको कोइराला परिवारको नेतृत्वमा रहेको कांग्रेस पहिलो पटक कोइराला परिवार भन्दा बाहिर गएको थियो । यद्यपि बाहिर जाँदाजाँदै पनि महामन्त्रीमा शशांक हुँदा धेरैलाई लागेको थियो कांग्रेस अझै पनि कोइराला परिवारको वरिपरी हुनेछ । तर पार्टीभित्र महामन्त्रीको मौनता लगभग निष्क्रिय जस्तै देखियो । 

पार्टीभित्र पुर्ण रुपमा देउवा पक्ष हाबी भयो । कुनैपनी निर्णायक भुमिकामा महामन्त्री मौन र निष्क्रिय जस्तै देखिए । कहिले पनि सभापति देउवाको पार्टीभित्रको मनोमानीमा प्रतिबादसम्म गरेनन् । 

पार्टी सरकारमा जादा होस या कुनैपनी निर्णायक कुरामा होस सभापति संगैको कुर्सीमा बसेका भएपनी सभापति देउवाको आफ्नै किसिमको मनोमानीमा मौन समर्थन जनाई रहे । 

मुलुकमा तिनै तहको निर्वाचन सम्पन्न भयो कांग्रेस इतिहासकै सबैभन्दा कमजोर स्थितिमा आयो । पहिलो पटक मुलुक संघीयतामा जाँदै गर्दा पार्टी सरकारमा जाने कुरात के दर्‍हो प्रतिपक्षीको भुमिकामासम्म रहेन । 

यस्तो बेला सम्मपनि महामन्त्री शशांक मौन नै छन । अन्य बरिस्ठ नेता, नेता कार्यकर्ता हरुले नेतृत्वको चर्को आलोचना गर्दै गर्दा महामन्त्री मौन रहनु पक्कै उन्को बैयक्तिक जिन्दगी मात्र नहुन सक्छ ।

हालै तिनै तहको निर्वाचन पछि पार्टी भित्र नेतृत्व परिवर्तनको बहस चर्को उठ्यो । यसैमा कांग्रेसको संसदीय दलको नेताबाट नै नेतृत्व परिवर्तन गर्ने भनेर युवाहरु जागे तर यस संसदीय निर्वाचनमा पनि महामन्त्री निष्क्रिय जस्तै देखिए । अन्त्यमा सभापति देउवासंग प्रतिस्पर्धा गरेका नेता प्रकाशमान शिंह नराम्रोसंग पराजित भए । 

पार्टीको बिधान अनुसार सभापति भन्दा दोस्रो बरियतामा रहेको निर्बाचित महामन्त्री पदमा रहेका शशांक कोइराला नै अहिले केहि शंकाको घेरामा देखिन थालेका छ्न । 

संसदीय दलको नेताको निर्वाचनमा निष्क्रिय रहनु , सभापतिले पार्टीको बिधान बिपरित काम गर्दै जादा पनि मौन रहनुले के शशांक सभापति देउवालाई रिझाएर आउने १४औं महाअधिबेशनबाट कांग्रेसको नेतृत्व गर्न खोजीरहेका त छैनन् ? 

कांग्रेसका संस्थापक नेता बिपि पुत्र सबैका साझा अतिकम बिबादास्पद नेताको रुपमा छवि बनाएका शशांकले यदि पार्टीको नेतृत्व गर्न चाहेका छन् भने पनि यसरी मौन बस्न पर्ने थिएन । उनलाई महामन्त्रीमा बिजयी गराउने कार्यकर्ताले पक्का बिश्वास गर्ने थिए । सभापतिको कुनैपनि बिधान बिपरित काम लाई रोक्न सक्थे । पार्टी लाई अहिलेको अवस्था बाट माथी ल्याउन सक्थे । 

कांग्रेसभित्र नेतृत्व परिवर्तनको आवाज उठ्दै गर्दा पार्टीको नेतृत्वकारी भुमिकामा पुगेका महामन्त्री कोइरालालाई अबको नेतृत्व परिवर्तनको आवाज उठाइरहेको समुहले कसरी हेरेको छ त्यो हेर्न बाकी छ । तर पार्टी भित्र शिर्ष नेतृत्व भित्र रहेर पनि महामन्त्रीले देखाएको निष्क्रियता र मौनताले भने आफ्नो आउने दिनलाई महामन्त्रीले सजिलो बनाएर कांग्रेसको नेतृत्व लिने खोजी रहेका छन भन्ने प्रष्ट देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ