arrow

काठमाडौं प्रहरी अवार्डमा विभेद किन ?

जवानलाई १० हजार, डीएसपीलाई ५० हजार

logo
प्रकाशित २०७४ चैत १४ बुधबार
police.JPG

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले,  प्रहरीको मनोबल बढाउन नयाँ वर्ष २०७५ देखि हरेक महिना सर्वोत्कृष्ट प्रहरीलाई ‘काठमाडौं प्रहरी अवार्ड’बाट पुरस्कृत गर्ने भएको छ । 

नेपाल बंगलादेश बैंकको सहकार्यमा काठमाडौं महानगरीय परिसरले महिनाभर उत्कृष्ट काम गर्ने जवानदेखि डीएसपीसम्मलाई मासिक रुपमा पुरस्कृत गर्न लागेको हो । तर प्रहरीको काम अनुसार, पुरस्कारमा विभेद देखिएको छ । परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार सर्वोत्कृष्ट काम गरे बापत जवानलाई १० हजार, हवल्दारलाई १५ हजार, असईलाई २० हजार, सईलाई २५ हजार, इन्सपेक्टरलाई ३५ हजार र डिएसपीलाई ५० हजार रुपैयाँ दिइनेछ । आधारभूत तलबमै जवान र डीएसपीको तलब अन्तर बढी हुन्छ ।

पुरस्कारमा पनि विभेद किन त ? परिसर प्रमुख पोखरेल भन्छन् ''कामको जिम्मेवारी, जवाफदेहिता र लेभल हेरेरै पुरस्कार रकम फरक राखिएको र यो विवादको विषय हुनु हुँदैन'' । उत्कृष्ट काम मूल्यांकनका लागि “इन्डिकेटर'' सहितको कार्यविधि तयार पार्ने काम भइरहेको पनि एसएसपी पोखरेलले जानकारी दिएका छन् । 
तयार पार्दै गरिएको कार्यविधिका केही अंश : 

  • महानगरीय प्रहरी परिषर मातहतका प्रहरीले मात्रै पाउने । 
  • इन्डिकेटरको आधारमा सर्वोत्कृष्ट काम गरे नगरेको छुट्याइने । 
  • सर्वोत्कृष्ट काम गर्ने जवानदेखि डीएसपीसम्मले पुरस्कार पाउने ।
  • सर्वोत्कृष्ट काम गरेमा दोहर्रयाएर पनि पुरस्कार पाउने । 
  • इन्डिकेटरमा सर्वोत्कृष्ट काम गरेको नदेखिएमा इन्सपेक्टर, डीएसपीले पुरस्कार नपाउन पनि सक्ने ।
  •  उनीहरुले पुरस्कार प्राप्त गर्न नसकेको अबस्थामा, उनीहरुका लागि छुट्याइएको पुरस्कार रकम सर्वोत्कृष्ट काम गर्ने जवान वा तल्लो दर्जाका प्रहरीलाई (एक भन्दा बढी पनि हुन सक्छन्) बाँडिने । यसरी बाँड्दा निश्चित दर्जाका लागि छुट्याइको अवार्ड रकम फ्रिज हुँदैन । 

यो अवार्ड १ वर्षका लागि दिइनेछ । त्यसका लागि नेपाल बंगलादेश बैंकले परिसरलाई १८ लाख रुपैयाँ रकम सहयोग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ