arrow

५ सय रुपैया दिएर बालिका करणी गर्ने असई पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत १४ बुधबार
arrested.jpeg

पाँचथर । बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक (असई) बलबहादुर ठटाल पक्राउ परेका छन् ।

चौध वर्षिया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले पक्राउ गरेको हो । बालिकाले खाना खाए लगतै वान्ता गर्न थालेपछि परिवारले सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको वताएपछि रहस्य सार्वजनिक भएको हो ।

 पिडितका आफन्तका अनुसार ठटालले बालिकालाई गत पुषमा बलात्कार गरि ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए । ठटालले बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको समेत आफन्तले वताएका छन् ।

 पक्राउ परेका ठटालमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ । पिडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको प्रहरीका विज्ञान वस्नेतले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ