arrow

अनन्त बन्द भयो गौरीफन्टा बजार

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ चैत १४ बुधबार
gaurifanta.jpg

धनगढी । इष्ट इन्डिया कम्पनीले करिब डेढ सय वर्षअघिदेखि सञ्चालनमा ल्याएको नेपाल–भारत सिमानाको गौरीफन्टा बजार भारतको उत्तर प्रदेश सरकारले  बिस्थापित गराएको छ ।

छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश सरकारले हटाउने निर्णय गरेको दुई वर्षपछि पूर्णरूपमा गौरीफन्टा बजार  विस्थापित भएको छ ।

उत्तर प्रदेश सरकारले सीमावर्ती बजार गौरीफन्टा हटाए पछि  भारतीय दुधुवा निकुञ्ज भित्रबाट पश्चिम नेपाल सीमामा आउने सडक समेत बन्द हुन सक्ने आशंकाले व्यवसायी चिन्तित भएका छन् ।

एसियाको दोस्रो ठूलो दुदवा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण क्षेत्रभित्र रहेको गौरीफन्टा बजार भारतको उत्तरप्रदेश सरकारले दुई वर्षअघि नै हटाउने निर्णय गरे पनि यस पटक कडाइका साथ हटाइएको हो ।

७  नम्बर प्रदेशको राजधानी धनगढीको सीमावर्ती   गौरीफन्टा बजार पश्चिम नेपालको  प्रमुख व्यापारिक केन्द्र मानिएको छ । गौरीफन्टा नाकालाई नेपाली पक्षले पटकपटक स्तरोन्नति गर्न माग गरिरहँदा भारतीय पक्षले निकुञ्ज संरक्षणका नाममा सीमा बजार नै विस्थापित गरेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ