arrow

पाल्पाको झुम्सामा ट्रिपर दर्घटना, एकको मृत्यु चार घाइते

logo
रामचन्द्र रायमाझी, सीता डोटेल
प्रकाशित २०७४ चैत १५ बिहिबार
tiper.jpg

पाल्पा ।  पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सामा  ट्रिपर दुर्घटना भएको छ । बुटवबाट पाल्पा आउदै गरेको लु १ ख ९००५  नम्वरको ट्रिपर गाडी  (बिहिवार) आज दिउसो   १ बजेको समयमा  दुर्घटना भएको हो ।

दर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा सहचालक  रिब्दीकोट २ देउरालीका १७ वर्षिय देबेन्द्र लम्तरी रहेका छन् । उनको अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृयु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते  हुनेमा  चालक नवलपरासी , सेमरीका ३० वर्षिय धनबहादुर गुरुङ्ग , तिनाउ गाउँपालिका ३ का २३ वर्षीय ताराबहादुर गाहा, उनको श्रीमती छबी गाहा र उनका तीन वर्षका छोरा रोसन गाहा रहेका छन् ।

 घाईतेहरुको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनीहरुको अवस्था भने सामान्य रहेको अस्पताले जनाएको छ । गाडी तिव्र गतीमा रहेकाले अनियन्त्रि भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ