arrow

जाति जनजाति विशेषले मनाउँदै आएको पर्व बिदा कटौति गरिएको छैन 

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार
badal_new.JPG

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले जाति जनजाति विशेषले मनाउँदै आएको पर्वको बिदा कटौति नगरीएको स्पष्ट पारेका छन् ।  

सार्वजनिक बिदा कटौतिको निर्णय पुनरावलोकन हुनुपर्ने माग राख्दै गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले जाती, जनजाति, धर्म र सस्कृतिको संरक्षण एवम् संवद्र्धनमा सरकार गम्भीर रहेको बताए ।

गृहमन्त्री थापाले भने, “केही बिदाको हकमा जुन जाति, धर्मले सो पर्व मनाउँछन्, उनीहरुको सो दिन बिदा पाउने र अन्य जाति तथा धर्मका नागरिकले नपाउने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको हो ।” 

केही बिदा पनि कटौती गरिएको जानकारी दिदैं उनले निर्वाचनमार्फत विकास र समृद्धिका लागि जनताले आदेश दिएको र सो कार्यान्वयनको सन्दर्भमा अहिले रहेका धेरै बिदा अनुत्पादक हुने देखिएकोले मन्त्रिपरिषद्को बैठकले केही बिदा कटौतिको निर्णय गरेको उनले स्पष्ट पारे । 

गृहमन्त्री थापाले बिदा कटौतिको क्रममा केही कमजोरी भएको भए छलफल र संवादका माध्यमबाट सच्याउन सरकार तयार रहेको बताए ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले ज्ञापनपत्र प्रस्तुत गर्दै आफुहरुसँग कुनै छलफल र परामर्श नगरी बिदा कटौति गरीएकोमा सच्याउन माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ