मुलुकभर मौसमको असर, पूर्वी र मध्यपहाडी क्षेत्रमा वर्षा
प्रकाशित २०७४ चैत १६ शुक्रबार
520
Shares
काठमाडौं । मुलुकभर मौसमको असर देखिएको छ । शुक्रबार बिहानैदेखि पूर्वी र मध्यपहाडी क्षेत्रमा फाटफुट वर्षा भएको छ । यो क्रम दिनभरि नै रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।
अन्य क्षेत्रमा पनि अपरान्हदेखि वर्षा हुन सक्ने मौसमविद् नगरकोटीले बताइन् ।
बंगालको खाडीबाट आएको पश्चिमी बायुको असरले मुलुकभर मौसम परिवर्तन भएको उनले बताइन् ।
यो असर दुई दिनसम्म देखिने छ ।
बादलले ढाकेको हुनाले काठमाडौं उपत्यकामा बिहान अँध्यारो छाएको छ ।