सप्तरी । नेपाल ट्रेड युनियन काँग्रेस सप्तरीका छैठौं महाधिवेशनबाट मनोजकुमार मण्डल दोस्रोपटक चयन भएका छन् ।
शुक्रवार सम्पन्न भेलाले उपाध्यक्ष खुल्लामा विन्देश्वर मण्डल, उपाध्यक्ष (महिला)मा मुन्ना पोखरेलसहित २१ सदस्य समिति चयन गरिएको नेपाल ट्रेड युनियन काँग्रेसले जनाएको छ ।
यस्तै उपाध्यक्षतर्फ सेवा क्षेत्रमा मनोजकुमार माझी, उत्पादन क्षेत्रमा मिश्रिलाल यादव, अनौपचारिक क्षेत्रतर्फ नागेश्वर यादव, सचिवमा रामप्रसाद यादव, सहसचिवमा सेविनलाल दास, कोषाध्यक्षमा संजयकुमार भगत रहेको बताइएको छ ।
त्यस्तै सदस्यमा मन्नुदेव, उदयनन्द ठाकुर, श्यामसुन्दर साह, मो. अफताव, अनवर अली, रीता शर्मालगायतलाई चयन गरिएको ट्रेड युनियन काँग्रेस निर्वाचन समिति सप्तरीले जनाएको छ । रासस