‘लोकतन्त्रको संस्थागत गर्ने जिम्मेवारी पत्रकारको ’
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ चैत १७ शनिबार
467
Shares
पाल्पा । प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस पाल्पाका सभापति बीरवहादुर रानाले, पत्रकारहरू जनताका सच्चा सिपाही भएका कारण लोकतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी पत्रकारको भएको वताएका छन् । शुक्रबार तानसेनमा नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवसको अवसरमा जवाफ देहिता र अभिबृद्धिका लागि नागरिकको नजरमा पत्रकार सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै सांसद रानाले यस्तो बताएका हुन् ।
उनले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र तटस्थ भएर समाजको विकासमा शसक्त प्रतिपक्षको भूमिका निभाउन पनि पत्रकारहरुलाई आग्रह गरेका छन् । नेकपा एमालेका पूर्व सांसद यादव बहादुर रायमाझीले स्थापना दिवसको दिन नागरिक संग सुझाव लिने कार्य जवाफदेही भएकाले उदाहरणीय भएको बताए । नेपाली कांग्रेसका पूर्व पार्टी सचिव माधव नेपालले राजनैतिक आस्थाको आधारमा समाचार बंग्याएर नलेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेत्र पाण्डेयले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक कायम गर्न सके मात्र पत्रकारिताको दिगो विकास हुने बताए । राप्रपाका डुल बहादुर कुँवरले विकास निर्माणका साधनमा जनप्रतिनिधीले नै स्वयम् लगानी गरि फाईदा कमाउने धन्दामा लागेको भन्दै त्यसलाई पत्रकारले सचेत बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल रेडक्र सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, भीमसेन कार्की, तानसेन नगरपालिकाका वडा ६ का अध्यक्ष सागरमान महर्जन, वडा ७ का मुक्तिराम जिसी, नागरिक समाजका अध्यक्ष चिरञ्जीवी शर्मा, चित्रवलीराम सुवाल,प्रध्यापक सन्तोष खनाल, टंक पन्त, दलित अधिकारकर्मी खुम बहादुर विक, व्यवसायी राजेन्द्र प्रसाद पोखरेल लगायतले पत्रकारहरुलाई वैचारिक रुपले तटस्थ भई समाचार लेख्ने, कपि पेष्ट समाचार रोक्नुपर्ने, लोभ र लाभको लागि पत्रकारिता नहुनुपर्ने जस्ता सुझावहरु दिएका छन ।
नेपाल पत्रकार संघ पाल्पाशाखा सल्लाहकार मेघराज शर्मा, संघ पूर्व सभापतिहरु गोबिन्द भट्टराई, झपेन्द्र गहिरे लगायतले प्राप्त सुझाव सल्लाह अनुसार जिल्लाको पत्रकारी अगाडी बढ्ने बताए । कार्यक्रम शाखा सभापति राजेश कुमार अर्यालको सभापतित्व र कार्यक्रमको सञ्चालन सचिव किरण कौशलको गरेका थिए ।