arrow

बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीसहित ३४ पक्राउ

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
Krishna-Pahadi.jpg

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न गएका कृष्ण पहाडीसहित ३४ मानव अधिकारकर्मी पक्राउ परेक छन् । निषेधित क्षेत्र तोडेको भन्दै ३४ जना मानव  अधिकारकर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केपि शर्मा ओली नेतृत्वको सरकार गठनसँगै टिकापुर घटना र बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिन खोजिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रम राखेको थियो ।

खबरदारी धर्ना प्रदर्शनका क्रममा राष्ट्र बैक चोक वालुवाटारबाट समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य गीता तिमल्सिना, यदु खतिवडा, पुर्व उसपभापति सनत आचार्य, काठमाण्डौँ शाखा सभापति रामकृष्ण बराल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जरालाई पक्राउ गरेको छ ।


त्यस्तै कैलाली शाखा सभापति विरेन्द्र शाह, जयराम पुडासैनी, गोकुल पुडासैनी, रामचन्द्र भण्डारी, विपी पौडेल, ईश्वर पुडासैनी, मुरारी फुयाल, श्रीराम दंगाल, रुपा गिरी, लक्ष्मी बराल, रामचन्द्र खतिवडा, श्रीकृष्णराज पुडासैनी, किरण ढकाल, विन्युल फुयाल, सोवित बहादुर घर्ती मगर, विष्णुदेवी घर्ती, रेम बहादुर घर्ती, सुकदेव अधिकारी, सन्जोक चाम्लिङ, निराजन थापा मगर, कुसुम शर्मा, रमेश प्रसाद बरालसहित ३४ जनालाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लब भृकुटिमण्डपमा राखेको छ ।

दण्डहिनतालाई प्रश्रय दिन खोजेको भन्दै समाज निरन्तर खवरदारीमा छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ