arrow

उपेन्द्र यादवको चेतावनी –प्रदेश २ लाई पर्याप्त बजेट नदिए केन्द्रले कर पाउँदैन

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
upendra-yadav-600x0.jpg.jpeg

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को विकासका लागि केन्द्र सरकारले बजेटको उचित व्यवस्था नगरे यो प्रदेशबाट केन्द्र सरकारलाई जाने कर नै रोक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘केन्द्रीय शासनमा रहेकाहरु २ नम्बर प्रदेशप्रति पूर्वाग्रही छन् ।  यो प्रदेशको विकासका लागि केन्द्र सरकारले उचित बजेट दिन आनाकानी गरिरहेको छ । बहाना चल्दैन ।’

मुस्लिम समाज नेपालले शनिबार राजविराजको रहमतपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा यादवले प्रदेश २ को विकासका लागि केन्द्र सरकारले विशेष प्याकेजको व्यवस्था गरिदिनुपर्ने बताए । उनले भने, ‘प्रदेश २ को विकासका लागि आवश्यक बजेट दिइएन भने यो प्रदेशबाट जाने कर काठमाडौं जान दिंदैनौं ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यो प्रदेशले गरिबी, बेरोजगारी, अशिक्षा, पिछडापन विरासतको रुपमा पाएको बताए । उनले अब प्रदेश २ लाई सु

शासित, समृद्ध र विकसित बनाउनु चुनौतीपूर्ण छ, भने । तर, उनले यो चुनौतीमात्रै नभई  अवसर पनि भएको बताएका छन् ।मुस्लिम समाज नेपाल सप्तरीले फोरम अध्यक्ष यादव, मख्यमन्त्री राउत र भूमि व्यवस्थापन तथा कृषि मन्त्री शैलेन्द्रप्रसाद साहलाई सम्मान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ