arrow

पूर्वराजाबाट खड्काको निधनप्रति श्रद्धाञ्जली

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
khumbahadur-late1.jpg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधनप्रति शोक व्यक्त गरेका छन् । 

पूर्वराजाका तत्कालीन प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन खड्काको निवास सानेपामा पूर्वराजाको सन्देश लिएर गएका थिए । 

खड्काकी श्रीमतीलाई भेटेर महर्जनले पूर्वराजाका तर्फबाट शोक ब्यक्त गर्दै शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेका थिए । 

त्यसैगरी महर्जनले खड्काको आत्माको शान्तिको पनि कामना गरेर फर्किएको पूर्वराजाका सम्वाद सचिव फणिन्द्र पाठकले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ