arrow

कोटेश्वर–कलंकी सडक विस्तार : चिनिया कम्पनी घरटहरा कहिले भत्किन्छन् भनि कुर्दै 

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
sadak.JPG

ललितपुर । निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घरटहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घरटहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताए । 

उनले भने, ‘हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।’ चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा योजनाले समन्वयको काम गरिरहेको छ । 

यो सडक खण्डमा धेरै काम सकिँदासमेत यी घरटहरा भत्काउन बाँकी ठाउँमा लामो समयदेखि काम रोकिरहेको हो । यससँगै पाइप लाइन, विद्युत्का पोललगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ ।

सडकमा बिच्छ्याइएका मेलम्ची आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समयसमयमा सडक निर्माणले गर्दा फुट्ने गरेको छ । उनले भने, ‘सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो ।’ 

मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई–दुई लेनको सहायक लेन र त्यो बाहिर एक–एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन् । याे सडकको लागत एक अरब नेपाली रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ