arrow

मन्त्री बिनालाई २१ बुँदे ज्ञापनपत्र दिन पहिर्‍याइयो २१ किलोको माला

logo
दीपेन्द्र बस्नेत ।
प्रकाशित २०७४ चैत १८ आइतबार
bina-magar-21kg-mala.jpg

कञ्चनपुर। पछिल्लो बिस्तारित मन्त्री मण्डलमा खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाए पछि पहिलो पटक निर्वाचन क्षेत्र पुगेकी मन्त्री बिना मगरलाई आइतबार कञ्चनपुरको बेलौरीमा आयोजित एक कार्यक्रममा २१ बुँदे ज्ञापनपत्र सहित २१ किलोको माला पहिर्‍याइएको छ । 

मन्त्री भए यता पहिलो पटक पश्चिम नेपालको कञ्चनपुर स्थित आफ्नो निर्वाचन क्षेत्रको दौडाहामा रहेकी मन्त्री बिनालाई आइतबार बेलौरी नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा अहिलेसम्मकै गरुँगो माला लगाएर स्वागत गरिएको हो । 

कञ्चनपुरको भारतीय सिमान्त निर्वाचन क्षेत्र नम्बर १ को बेलौरी नगरपालिकाले आयोजना गरेको द्वन्दकालमा सरकार र बिद्रोही पक्षबाट सहिद तथा बेपत्ता पारिएका परिवारजनलाई सम्मान कार्यक्रमका अबसरमा मन्त्री बिनालाई २१ बुँदे माग पत्र र गरुँगो माला पहिर्‍याइएको हो ।

सहिद तथा बेपत्ता परिवारलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री बिनाले भनिन् ' द्वन्दकालमा बलिदान दिने हाम्रा ती महान ब्यक्तित्वहरुको बलिदानी खेर गएको छैन ।'  उनले भनिन् ' तिनकै बलिदानीका कारण आज हामी फरक परिवेशमा छौं । राजतन्त्रको समापन गरि संघिय गणतान्त्रिक अबस्थामा देश पुगेको छ । तिनैको बलिदानीका कारण स्थानिय निकायमा जनप्रतिनिधिहरुले जनतालाई सेवा दिई रहेको छ । '

निर्वाचनताका बनेको बाम गठबन्धनतर्फ संकेत गर्दै मन्त्री बिनाले भनिन ' दुई तिहाईको ताकतमा प्रदेश र केन्द्र सरकार बने तथापी प्रदेश सरकार पुर्ण हुन बाँकी छन् यो पुर्णताको प्रक्रियामा छन्। अब देशको बिकास छिटोभन्दा छिटो अगाडि बढ्छ ।' 

आफ्नो निर्वाचन क्षेत्र पुगेकी मन्त्री बिनाले भनिन  ' मलाई यस क्षेत्रका जनताले दिएको अमुल्य मतको बलले राष्ट्र निर्माणको भुमिका निर्वाह गर्ने स्थानमा पुगेकी हुँ । त्यो कतको सम्मान गर्छु।' 

आइतबार बेलौरी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ५७ जना सहिद तथा बेपत्ताका परिवारजनलाई साइकल बितरण गरेर सम्मान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ