अपाङ्गता भएका व्याक्तिहरु मेची महाकाली साईकल यात्रामा
प्रकाशित २०७४ चैत १९ सोमबार
483
Shares
बुटवल । रुपन्देहीको कञ्चन गाउपालिका स्थायी घर भएका दुई जना शाररिक रुपमा अपाङ्गता भएका व्याक्तिहरु साईकलको माध्यमबाट मेचि महाकाली साईकल यात्रामा निस्केका छन् । कञ्चन गाउँपालिका १– बेलभरिया गजेडी स्थायी घर भएका टोपलाल भट्राई, सोही गाउका अर्का देव बहादुर परियाले अपाङ्गमैत्री भौतिक संरचना निर्माणको साथै एक कार्यालय एक अपाङ्गता व्याक्ति रोजगारको नारा लिएर मेचि महाकाली साईकल यात्रामा निस्केका हुन ।
यहि चैत १३ गते दिउसो १२ बजे पुर्वको ईलामा जिल्लाको मेची पुल बाट यात्रा सुरु गरेका यि व्याक्तिहरु सोमबार बुटवल आइपुगेका छन् । बुटवल आएका उनीहरुलाई बुटवल उपमहानरपालिका र परियार सेवा समाज, राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल समिति, तथा अन्य संघ संस्थाले स्वागत समेत गरेका थिए ।
बुटवल उपमहानरपालिकाकी उप प्रमुख गोमादेवी आचार्य, सामाजिक शाखा प्रमुख बरिष्ठ अधिकृत दामोदर ज्ञवाली लगायतलयत खदा फुल माला सहित सम्मान गर्दै अपाङ्गमैत्री भौतिक संरचना निर्माणको आफुहरुको पहल जहीले पनि सकारात्मक भएको बताएका थिए ।
कञ्चलन गाउपालिका १ वडा कार्यालयको ५० हजार रुपैयाँ र आफु आवद्ध भएको संस्था अपाङ्ग पुर्नस्थापना तथा सामुदायिक विकास केन्द्रको १५ हजार रुपैयाँ आर्थिक सहयोगले उनीहरुले मेची महाकाली यात्रामा निस्केका हुन । यात्री मध्ये भट्राई आगोले पोलेको कारण एउटा खुट्टा गुमाएका व्याक्ति हुन भने परियार पोलियोको कारण अपाङ्गता भएका व्याक्ति हुन । यहि चैत ३०गते १७ दिनमा यात्रा पुरा गर्ने योजना रहेको उनीहरुले बताएका छन् ।