arrow

चित्रबहादुर केसीले भने – संघीयता खारेज गरौं 

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गनुपर्ने माग गरेका छन् । 

यहाँ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन नसक्ने बताए ।

अध्यक्ष केसीले प्रादेशिक व्ययभारको कारणले पूर्वाधार विकासका कार्यमा अवरोध पुग्ने बताउँदै राजनीतिक दलले संघीयताका लागि संघर्ष गरेको इतिहास नभएकाले यसले जातीय र क्षेत्रीय बिग्रह तथा विखण्डनको स्थिति ल्याउने सक्ने विचार व्यक्त गरे ।

राजनीतिक दलले स्थानीय तहमा दिएको अधिकार अत्यन्त महत्वपूर्ण भएको बताउँदै उनले विकेन्द्रीकरणको आधारमा संविधान संशोधन गरी संघीयता खारेज गरी देश र जनताको हितमा कार्य गर्न राजनीतिक दल र सरकारसंग आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ