arrow

तीव्र गतिको बस ट्रकमा ठोक्किँदा १९ यात्रु घाइते

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
accident-final.jpeg

रत्ननगर । चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरको बीचमा पर्ने टिकौली जंगलमा ट्रकको पछाडि बस ठोक्किँदा १९ यात्रु घाइते भएका छन् । 

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोमबार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ग १ ख ५०६४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ५ ख १०१२ नम्बरको ट्रकको पछाडि ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

बस तीव्रगतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसका चालक समेत घाइते भएको र ट्रक चालक भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ