arrow

डा सन्दुक रुइतलाई भारतले दियो पद्मश्री सम्मान

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
sanduk_ruit_padhma-bhusan.jpg

काठमाडौं । नेपालका चर्चित आँखारोग विशेषज्ञ डा सन्दुक रुइतले भारतकै ठूलो नागरिक पुरस्कार पद्मश्री सम्मान ग्रहण गरेका छन् । सोमबार भारतीय राष्ट्रपति रामनाथ कोविदले उनलार्इ सो नागरिक सम्मानबाट सम्मानित गरेका हुन् । 

राष्ट्रपति निवासमा भएको विशेष समारोहमा यो वर्ष ८५ विशिष्ट व्यक्तिहरुलार्इ सम्मान गरिएको थियो। यसको घोषणा भने गत २५ जनवरीमै गरिएको थियो । जसमा ३ जनाले पद्म विभूषण, ९ जनाले पद्म भूषण र ७३ जनाले पद्मश्री पदक पाएका हुन् । 

डा रुइतलाई भारत सरकारले सस्तोमा मोतियाबिन्दूको शल्यक्रिया गर्ने खोज र सस्तो दरमै मोतियाबिन्दुको उपचारपछि प्रयोग हुने लेन्स निर्माणका लागि यो सम्मान दिइएको हो । 

तिलगंगा आँखा केन्द्रका र्दिेशक डा रुइतले सन् २००६ मा म्यागासेसे पुरस्कार पाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ