arrow

ओलीको भारत भ्रमणले दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउँछः प्रचण्ड

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
pmprachandadahal.jpeg

चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउन केन्द्रित हुने बताएका छन् ।  

मंगलवार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भारत भ्रमणका नयाँ एजेण्डा नभएको बताए ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पुराना एजेण्डाको विषयमा छलफल हुने बताउँदै प्रधानमन्त्रीको भारत भ्रमणअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकता गर्ने भनिए पनि आवश्यक गृहकार्य पूरा नभएकाले आगामी वैशाख ९ गते पार्टी एकता घोषणा हुने स्पष्ट पारे।

“कार्यदलको आफ्नै सुझाव वैशाख ९ गते थियो, कार्यदलको रिपोर्ट आज बुझिदै छ, वैशाख ९ गतेलाई केन्द्रित गरेर पार्टी एकता घोषणाको कार्य अगाडि बढ्छौँ,” उनले भने– “कार्यदलबाट सर्वसम्मत रुपमा आज प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश हुने र त्यसको अध्ययनपछि शीर्ष तहले टुंगो लगाउनेछ ।”

अध्यक्ष दाहालले दुई कम्युनिष्ट धारको बीचमा एकता हुने बताउँदै त्यो एकता सिद्धान्ततः प्रतिशतका आधारमा नभएर सम्मानजनक बराबरी सिद्धान्तको आधारमा हुनेछ भने।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ