arrow

प्रिय भुइँफुट्टे कम्युनिस्टका नाममा प्रश्न, विदेशमा बसेर लेख्न र बोल्न पाईदैन?

logo
टिपी पौडेल,
प्रकाशित २०७४ चैत २२ बिहिबार
tp-paudel-canada.jpg

क्यानडा। ग्रीक फिलोसफर हिगेसियस, (२९०  बिसी) (Hegesias, 290 BC) ले आफ्नो जीवनकालभरी आत्महत्या गर्न प्रेरित गरे। भाषा र भाषणमा अति नै  कौशल यी  फिलोसफरले सिरिसको फुलको पात्र सुयोगबीर जस्तै भन्ने गर्थे: "जीवन असफलता हो; जीवन दुर्भाग्य हो; मानिस यसै पनि दुखी छ र उसै पनि दुखी छ। उनी थप्थे यो दुखबाट छुटकारा पाउने एकमात्र विकल्प भनेको आत्महत्या हो। यी फिलोसफर मृत्युशैयामा हुदाँ एक चेलाले सोद्छन, "गुरु, हजुरले जिन्दगीभर अरुलाई आत्महत्या गर्न प्रेरित गर्नुभयो तर तपाई आफुले आत्महत्या गर्नु भएन र आफ्नो सन्तानलाई आत्महत्या गर्न पनि प्रेरित गर्नु भएन?" त्यसपछि गुरु (गोरु) भन्छन, "मैले आत्महत्या गरेको भए, आत्महत्या गर्न प्रेरित गर्ने महान फिलोसफर हुदैनथिए; र म यस महान कार्यलाई मेरा सन्ततिले निरन्तरता दिउन भन्ने चाहन्छु"।

सकम्बरीलाई आत्महत्या गर्न वाध्य बनाउने सुयोगबीर र हिगेसियस जस्ता खलपात्रहरु नेपाली कम्युनिस्ट आन्दोलनमा थिए र छन्। यस्ता खलपात्रलाई म कथित कम्युनिस्ट भन्ने गर्छु। यिनको भरिया भएर अन्धोभक्तिमा हिड्नेलाई अत्यन्त तल्लो सब्द प्रयोग गर्नुपनि शब्दप्रति घोर अपमान हुन्छ भन्ने मेरो ठहर छ, 'शब्द ब्रहम' । चोरको खुट्टा काट भन्दा, कसैले खुट्टा तान्छ भने समस्या कसको हो उसैले जान्ने हो। मेरो काम विचारसंग विवाद गर्ने हो; व्यक्तिसंग होइन। यसको अर्थ मेरो स्पष्ट धारणा हो: खलपात्रका बारेमा संसारको जुनसुकै कुनामा बसेर लेख्न र बोल्न पाहिन्छ।  

अब, भुइँफुट्टे कम्युनिस्ट केहि प्रश्न: हिजो जनयुद्धको नाममा आत्महत्या गर्न वाध्य पारिएका र आत्महत्याबाट बचे पनि खाडी मुलुकमा प्रत्येक दिन आत्महत्या गर्न वाध्य गरिब नेपालीका खलपात्र को हुन्?

युरोपियन युनियनले हरियो डलरमा बेरेर देश टोक्न लगाउने कमरेड, देशलाई इशाईकरणमा धकल्ने कमरेड, सीके रावतले देश टुक्राउने अभिव्यक्ति दिदै हिड्दा ताली बजाउने कमरेड र अपराधीलाई जुस पिलाउने कमरेडको बारेमा नेपालमा नै बसेर केहि बोल्ने र लेख्ने नसक्ने भुइँफुट्टे कम्युनिस्टको धारणा के हो?

केहि महिनाअघि नेपाली छापा, अनलाइन मेडिया र सामाजिक संजालमा एउटा कुरा चर्चामा थियो: "अमेरिका बस्छ; स्टोरमा काम गर्छ र नेपालमा लेख्छ"। यो वाक्य आफुलाई अत्यन्त महान ठान्ने पत्रकारले लेखेका रहेछन।। भैसीपुजक भौतिकवादीलाई महान क्रान्तिकारी देख्ने यी पत्रकारलाई दया देखाउने बाहेक केहि गर्न सकिदैन। मैले यी-यी र यस्ता- यस्ता नेतासंग बसेर ब्ल्याक लेबल रक्सि खाएको छु भनेर लेख्ने यी पत्रकारको लेख भन्न पनि लाज लाग्ने नेपालको प्रसिद्द पत्रिकाले निकाल्छ। न रुनु; न हास्नु।

प्रिय भुइँफुट्टे कम्युनिस्टहरु, यति जानी राख: पत्रकारिता गर्दा शक्तिकेन्द्र संग बसेर ब्ल्याक लेबल रक्सि खाएको भए, मार्क्सले जर्मन छोडेर बेलायत भाग्नु पर्ने थिएन।

तिमीले अहिले मार्क्सबादलाई दुरुपयोग गरेर जुन बितन्डा मच्चाएका छौ; ति विचारहरु उनले बिदेशमा नै लेखेका हुन्।

जब मान्छेका तर्कहरु सकिन्छ, मान्छे निरुपाय हुन्छ, मान्छे इर्ष्याले जल्न थाल्छ, उसले भन्ने यति हो: विदेश बसेर लेख्न पाईदैन। 

मार्क्सले भन्ने गरेको द्वन्दात्मक भौतिकवादलाई मैले आफ्नै सांस्कृतिक चिन्तन प्रणालीबाट सिकेको छु, "वादे, वादे जयेते तत्वबोध"। र स्वस्थ वाद र विवादले हामीलाई सत्यतर्फ डोरयाउछ। 

फेरी भुइँफुट्टे कम्युनिस्टलाई प्रश्न र जवाफ: युरोपियन युनियनको प्रतिबेदन हातमा च्यापेर फेसबुकमा फोटो राख्ने साम्यवादी तिम्रा कमरेडको बारे तिम्रो धारणा के?

तिम्रा इश्वर मार्क्स भन्छन, "उत्पीडितहरु बाच्नको लागि धर्म अङ्गाल्छन भने शासकहरु आफ्नो फाइदाको लागी धर्म काखी च्याप्छन"।

कम्युनिस्ट नेताका छोरा-छोरिहरु उनका बाउले भ्रस्टाचार गरेको पैसामा अमेरिकामा मस्ती लुटेको नदेख्ने र नलेख्ने तर गरिब नेपाली बाच्नको लागी स्टोरमा गरेको संघर्स देख्ने तिम्रो कस्तो आखा? भदौमा फुटेको गोरुको जस्तो हो कि त?

मनोबिज्ञान भन्छ, "डर,त्रास, लोभ, र इक्छा"। यस्तो जान्न गीता पढ किनकि यो हाम्रै देशमा लेखिएको बिस्वकै अनुपम मनोबैगानिक टेक्स्ट हो।

बिदेशमा बसेर लेख्न पाईदैन भन्ने मेरा प्रिय भुइँफुट्टे कम्युनिस्ट: सयौको टाउको गिडेको र हजारौ नेपालीलाई वली दिन उस्काउने हिगेसियन स्तरको मार्क्सवाद, लेनिनवाद र माओवाद नेपालको कुन भुमिमा उम्रिएको विचार हो?

हेक्का रहोस: पश्चिमा मुलुकमा बस्ने सबै पुर्बियाहरु फुकियामा हुदैनन्; इडवार्ड सहिद पनि हुन्छन। बरु युरोपियन युनियनले मोहरा बनाएका कम्युनिस्ट फुकियामा नेपालमा नै छन्।

मार्क्सले मुख्यतया: इशाई धर्मको दुइटा कुरालाई आक्रमण गरेका छन : स्वर्ग/ नर्क र चमत्कार। मार्क्स भन्छन, "दैवशक्तिमा विश्वास गर्नेहरु चमत्कारमा विश्वास गर्छन। यस्ता मान्छे भौतिकवादी हुनै सक्दैनन्।" प्रिय भुइँफुट्टे कम्युनिस्ट!

शक्ति र सत्ताको लागी भैसी पूजा गर्ने र नेपाली जनताको आखामा छारो हाल्न पटक पटक चमत्कारको कुरा गरेर नेपाली सपनामा बलात्कार गर्ने तिम्रा कमान्डरलाई के भन्छौ?

"हाम्रो पार्टीमा नआए उहालाई नर्कमा पनि ठाउँ हुन्दैन?" भुइँफुट्टेको जवाफ के?

माओवादको चर्का गफ दिनेलाई माओकै भुमिबाट जी पिङसिङ्ग भन्छन, " व्यक्तिगत सम्पति जोड्नेहरु कम्युनिस्ट होइनन"। अब तिमि आफै भन, तिम्रा कमरेड ठिक कि तिम्रा कमरेड जी पिङसिङ्ग?

अन्त्यमा, बिसं २०६३/ ६४ तिर खगेन्द्र संग्रौलाले लेखेका थिए, "त्रिबिका केहि  प्राडाहरु पाडाहरु हुन्। आज एक दशक पछि म भन्छु, यो क्रमभंगतामा विश्वासगर्ने कम्युनिस्टले पाडाहरुलाई निरन्तरता दिएकै छन्। के गर्नु मैले बिदेशमा बसेर यो बिकृति लेख्न बाहेक केहि गर्न सकिन, निर्दोस शिक्षकलाई झुन्डाउन सक्दिन; मलाई माफ गर्नुहोला भुइँफुटेहरु। म कहाँ आउदा हरियो  होइन; कालो सर्प बनेर आउनुस; बात मारऊला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ