घरमै पुगेर सभामुखले दिए मदनकृष्णलाई पत्नी वियोगको समवेदना
प्रकाशित २०७४ चैत २२ बिहिबार
319
Shares
काठमाडौं। पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले सान्त्वना दिएका छन् ।
बिहीबार बिहान श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै मदनकृष्णलगायत परिवारजनलाई समवेदना व्यक्त गरेका हुन् ।
मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको सोमबार राति १०ः४५ बजे हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । उनको मंगलबार बिहान ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।
यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् । मदनकृष्णले ३५ वर्षअघि यशोदासंग अन्तर्जातिय बिहे गरेका थिए ।