arrow

घरमै पुगेर सभामुखले दिए मदनकृष्णलाई पत्नी वियोगको समवेदना

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
madan-krishna-.jpg

काठमाडौं। पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले सान्त्वना दिएका छन् ।  

बिहीबार बिहान श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै मदनकृष्णलगायत परिवारजनलाई समवेदना व्यक्त गरेका हुन् । 

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको सोमबार राति १०ः४५ बजे हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । उनको मंगलबार बिहान ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।

यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् ।  मदनकृष्णले ३५ वर्षअघि यशोदासंग अन्तर्जातिय बिहे गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ