arrow

निजी बिद्यालय, सबैलाई अच्चम्म पार्ने ठगी धन्दा

निजी बिद्यालयको एकैचोटि तीनतिर ठगी 

logo
प्रताप शर्मा,
प्रकाशित २०७४ चैत २२ बिहिबार
pratap-sharma-edu.jpg

ब्यापारका पनि सिमा हुन्छन । नाफा कती खाने ? छुट कती दिने र कतीमा बेच्दा ब्यापार दिर्घकालिन हुन्छ भन्ने बुझाई भएकाहरुले नै ब्यापार सन्चालन गर्छन् भन्ने मेरो बुझाई छ । बस्तुको वास्तबिक मुल्य भन्दा जब दस गुणा बढी असुल्न खोजिन्छ तब त्यो ब्यापार हुनै सक्दैन । शिक्षाको बजारमा, जसरी अहिले रातदिन मेहनत गरेर लुट्न कै निम्ती बिभिन्न शिर्सकमा अभिभाबकबाट पैसा असुलिदै छ त्यसलाई ब्यापार मात्र भन्न सकिदैन । तपाईं मान्नुस् या नमान्नुस् त्यो लुटधन्दा नै हो । र लुटेराहरुले न राज्यलाई टेर्छन, न बिधीलाई मान्छन, न नियम नै पालना गर्दछन् । 

बस्तु किन्न जाँदा त्यहाँ बार्गेनिङ गर्न पाइन्छ किनकी हामीलाई थाहा छ त्यो ब्यापार नै हो भनेर। निजी बिद्यालय ब्यापार नै हो भने किन अभिभाबकले शुल्क सम्बन्धी बार्गेन गर्न नपाउने ? राज्यले समान शुल्क तोकिदिन किन नसक्ने ? मलाई कहिले काही लाग्ने गर्दछ, सडक पेटीमा मिल्ने चिज बस्तुको मुल्य र शपिङ सेन्टरमा पाइने बस्तुको फरक हुन्छ किनकी त्यहाँ स्वाभाविक कारणहरु छन तर किन बिद्यालय र बिद्यालयमा नै असमान शुल्क निर्धारण ? स्पष्ट बर्गिय खाडल श्रृजना गर्ने आधारको श्रृष्टी किन गरिदै छ ? 

अभिभाबकलाई बिशेष अनुरोध 
बिद्यालयले धेरै शिर्सकमा पैसा असुली रहेको हुन्छ, तपाईंहरुको ध्यान पुगी रहेको हुँदैन। तपाईंले तिरेको एक एक पैसा सही कुरामा प्रयोग भएको छ या छैन, त्यो बुझ्न पाउने तपाईंको अधिकार हो । तपाईंले तिरेको शुल्कले तपाईंका नानी बाबु सन्तुस्ट छन् या छैनन त्यो पनि अभिभाबकले बुझ्नु पर्दछ । ५ मिनट कम्प्युटर सिकाएर कम्प्युटर सिकेको शुल्क असुल्ने, खद्दर र पोलिस्टरका कपडालाई कटन भनेर बेच्ने, शिक्षक अनुपस्थित हुँदा लाईब्रेरी (पुस्तकालय) लैजाने अनी पुस्तकालय शुल्क असुल्ने, जनस्वास्थ्य तथा शारिरीक शिक्षा पढाउदा बिद्यार्थीलाई पाठ्यक्रम अनुसारको खेल खेल्न लैजाने अनी खेलकुद शुल्क भन्दै असुल्ने आदी कुरा निजी बिद्यालयमा ब्याप्त छन् । अभिभाबकले यस्ता कुरामा एक पैसा पनि तिर्नु जरुरी छैन । कहिले टाइ, कहिले आइडी कार्ड र कहिले भ्रमण यस्ता देखिएका अनेकौ बिषयमा तपाईं अभिभाबक लुटिइरहनु भएको छ ।बसले मोबिल फेरेको पनि पैसा उठाउदा त्यसलाई बस मर्मत शुल्क भनेर बुझ्नु पर्ने ? भबन मर्मत शुल्क रे ? अभिभाबकले १० मिनेट समय दिएर छोरा छोरीको बिल माथि अनुसन्धान गर्नु होस्, धेरै कुराको रहस्य आँफै उदघाटित हुनेछ । ५० डिग्रीको घाममा उभिएर कमाएको त्यो पैसाको महत्व धेरै छ । तपाईंले तिर्नु भएको त्यो पैसाले, के तपाईंका बालबालिकाले गुणस्तरीय शिक्षा नै प्राप्त गरेका छन त ? गुणस्तर मापनको एकाइ के हो ? सुगा रटाउदा झै रटाएर कागजको खोस्टोमा डिभिजनको ट्याग लगाएर पठाउदैमा, तपाईं हाम्रा छोरा छोरीले राम्रो पढेका छन भनेर बुझ्नु हुँदैन । निजी बिद्यालय भित्र पैसा आर्जनका लागि ट्युसन र कोचिङको ब्यबस्था हुने गर्दछ । अभिभाबकले ठन्डा दिमागले सोच्नु भयो भने एउटा कुरा बुझी हाल्नु हुन्छ, छोरा छोरीलाई कोचिङ र ट्युसन राखे पछी उनिहरु पास नै हुन्छन किनकी कक्षा ९ सम्म परिक्षा कै प्रश्न पत्रमा सुगा रटाइ हुन्छ । तपाईंलाई विश्वाश नलागे छोरा छोरीको रिभिजन कापी र जाचको प्रश्न पत्र जाच गर्नु होला, सत्य आँफै बुझ्नु हुनेछ । 

निजी बिद्यालयको एकैचोटि तीनतिर ठगी 
एकातिर अभिभाबकसँग अनाबस्यक शुल्क असुल्दै मोटाएका बिर्खेहरुले शिक्षकलाई निम्न पारिश्रमिक दिदै श्रम र बौद्दिक शोषण गरेका छन । त्यस्तै राज्यले तोकिदिएको सिलिङ तोडेर आफुले मनपरी शुल्क असुल्दै कर पनि छली गर्ने गरेका छन् । निजी बिद्यालयमा दुई किसिमका अडिट रिपोर्ट हुने गर्दछन, एउटा राज्यलाई बुझाउने जहाँ कर छलिएको हुन्छ र अर्को आन्तरिक प्रयोजनको लागि अडिट हुने गर्दछ । राज्यले तिब्र र सुक्ष्म अनुसन्धान गर्ने हो भने निजी बिद्यालयको लुट धन्दा बाहिर उदघाटित हुनेछ । निजी बिद्यालय भित्र शिक्षकलाई बिना नियुक्ती पत्र हायर एण्ड फायर जसरी राखिन्छ । निजी बिद्यालयका शिक्षकप्रती पनि राज्यले न्यायोचित व्यबहार देखाउन जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ