रेडियो लगानीकार्ताहरुको संस्था वानमा चन्द्र न्यौपाने
प्रकाशित २०७४ चैत २४ शनिबार
750
Shares
काठमाडौं । रेडियो लगानीकर्ताहरुको संस्था वानको नयाँ नेतृत्वमा चन्द्र न्यौपाने निर्विरोध भएका छन् । निवर्तमान अध्यक्ष गोपाल झा सहितको समन्वयपछि वानको नेतृत्व सर्वसम्मत चयन भएको हो ।
वानका निवर्तमान महासचिव न्यौपाने अध्यक्षमा सर्वसम्मत हुँदा बरिष्ठ उपाध्यक्षमा कुमार भट्टराई सर्वसम्मत दोहोरिए । उपाध्यक्षमा उज्वल चौलागाई पनि सर्वसम्मत हुदा महासचिवमा दुर्गा अधिकारी र कोषाध्यक्षमा नविन राई पनि सर्वसम्मत भए ।
काठमाडौंमा वानको १३ औँ बार्षिक साधारण सभा र छैठौ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । प्रदेशको संरचना पनि लगभग सबै पदमा सर्वसम्मत भएको छ ।