arrow

सरकारले हिन्दू धर्मका चाडपर्वको बिदा घटाएको केही दिनमै धर्मगुरुमाथि गोली प्रहार 

logo
कुमोद अधिकारी 
प्रकाशित २०७४ चैत २५ आइतबार
nibas_acharya2.jpg

विराटनगर । संसदमा सनातन हिन्दूहरुले मान्दै आएका धार्मिक चाडपर्वहरुमा दिँइदै आएको बिदा कटौती गर्ने कुरा र केही धार्मिक गुरु तथा धार्मिक संस्थामा आक्रमण गर्ने कुरा संयोग हो कि नियत हो भन्दै सांंसदहरुले सरकारलाई प्रश्न गरेको केही दिनमै एक धर्मगुरुमाथि गोली प्रहार भएको छ । 

बालसन्त स्वामी श्रीनिवास आचार्यमाथि गोली प्रहार भएको हो । नेपाललाई हिन्दू राष्ट्रको रुपमा नामाकरण गर्ने अभियान संचालन गर्ने काममा अत्यन्तै महत्वपूर्ण भुमिका खेल्दै आएका सन्त आचार्यमाथि शनिबार राति गोली प्रहार भएको हो । 

विराटनगर जतुवास्थित श्री राम जानकी मन्दिरमा आइतबारबाट आयोजना हुने श्री मदभागवत पुराणमा सहभागि हुन शनिबार विराटनगर पुगेका आचार्यमाथि गोली प्रहार भएको हो । 

जतुवास्थित रामजानकी मन्दिर परिसरमै रहेको समयमा गएराति पौने २ बजे उहांमाथि गोली प्रहार भएको स्थानीय महिचन्द यादवले जानकारी दिए । उनको दाहिने कुममा गोली लागेको छ । 

गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका श्रीनिवास आचार्यको स्थानिय न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 

घटनास्थलमा गोलीका दुइवटा खोका भेटिएको मोरङ प्रहरीका एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

उनले गोली प्रहार गर्ने अज्ञात समुहको खोजी कार्य भइरहेको बताए । गोली प्रहार भएको घटनास्थलमा चेतावनीयुक्त पर्चा समेत भेटिएको छ । 

यो घटना क्रिष्टियन मिसिनरीहरुले भाडाका केही मान्छे प्रयोग गरी गोली हान्न लगाएको आशंका स्थानीयहरुको छ । उनीहरुले अवैध रुपमा धार्मिक प्रचार गर्दै हिंडेका त्यस्ता मिसिनरीहरुको गतिविधि बन्द गर्न पनि माग गरेका छन् । 

धार्मिक गुरुहरुमाथि आक्रमण गराएर मुलुकलाई धार्मिक द्धन्द्धमा फसाउने गतिविधि भइरहेको भन्दै स्थानीयले सरकारलाई तत्काल यस्ता गतिविधि भण्डाफोर गरेर कार्वाही गर्न माग गरेका छन् । 

विराटनगरमा यो घटनाको चर्को निन्दा गरिएको छ । यो डरको मनोविज्ञान सिर्जना गर्ने प्रयास अन्तर्गत आक्रमण भएको समेत विष्लेषण गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ