arrow

माधवकुमार नेपाल चीन प्रस्थान

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
Madhav_Kumar_Nepal2.JPG.jpeg

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल सांघाई कोअपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन गए राति त्यसतर्फ गएका छन् ।  

एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा बोल्नेछन् ।  कार्यक्रममा नेपाल, भारत, चीन, कम्बोडिया, श्रीलंका, पाकिस्तान र टर्कीका नेताको पनि सहभागिता रहनेछ ।
 
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव विष्णु रिजालका अनुसार नेता नेपालका साथमा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि छन् । उनिहरु चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ