arrow

धर्मगुरु आक्रमणप्रति कांग्रेस नेता भण्डारीको भर्त्सना

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
shankar-bhandari1.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले   विराटनगरमा धर्मगुरु श्रीनिवास आचार्य माथि भएको गोली प्रहारको घटनाको घोर भर्त्सना गरेका छन ।

साथै केन्द्रीय सदस्य भण्डारीले सो घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल प्रकाउ गरी कार्वाही गर्नुपर्ने माग समेत गरेका छन् । हिन्दू धर्मका धार्मिक गुरु आचार्य माथि गरिएको यो आक्रमण सिङगो धर्मालम्बीहरु माथि आक्रमण भएको केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको छ । यस किसिमका आक्रमणले धार्मिक साम्प्रादायिकता बढ्दै जाने खतरा रहेको हुँदा सरकार बेलैमा सजग हुनुपर्ने समेत के.स. भण्डारीको भनाई रहेको छ ।

केन्द्रीय सदस्य भण्डारी कांग्रेस पार्टी भित्र हिन्दू धर्मको एजेण्डालाई उठाउने नेतामा पर्दछन् । पार्टीका स्वर्गीय नेता खुमबहादुर खड्काको निधन पछि उनले पार्टी भित्र हिन्दू धर्मको एजेण्डालाई निरन्तरता दिने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ