arrow

कांग्रेसले ३ बजे पत्रकार सम्मेलन गर्दै, यी हुन् विषय 

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
NC-party-office.png

काठमाडौं । नेपाली कांग्रेसले दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगायतका विषयमा पार्टीको धारणा आउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

पत्रकार सम्मेलनमा सरकारले जारी गरेको श्वेतपत्रका बारेमासमेत पार्टीको धारणा सार्वजनिक हुनेछ । 

त्यस्तै सरकार मनोमानी ढंगले चल्दै आएको आरोप लाग्न थालेपछि काँग्रेसले त्यसबारे पनि सरकारलाई सचेत गराउने तरिकाले पत्रकार सम्मेलनमार्फत सन्देश दिने स्रोतले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ