गुल्मी । नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहले जनताले बिकास र समृद्धि चाहेको बताएका छन् । तेस्रो गुल्मी महोत्सबको समापन समारोहलाइ सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सिंहले अहिलेका तीन तहका सरकारले जनताका चाहना अनुसारका नीति तथा कार्यक्रम लिन आवश्यक रहेको बताए ।
‘जनताले भाषण गर्न नभइ काम गर्न यो सरकारलाइ जनमत दिएका हुन’ नेता सिंहले भने ‘यो ५ बर्ष सदुपयोग गरी काम नगरे अर्को ५ बर्षमा जनमत अर्कौ पार्टीलाई जान सक्छ’। उनले सरकारले अहिलेको बहुमतलाइ राम्रो अवसरको रुपमा लिन आग्रह गरे ।
सबैको ध्यान विकास र समृद्धि तर्फ रहेको भन्दै उनले आर्थिक बिकासको निम्ती नीजि क्षेत्र र सहकारीलाइ साथै लिएर जानुपर्ने बताए । उनले ४६ सालको बहुदलीय ब्यबस्था पछि नेपाली काँग्रेसले लिएको खुला अर्थनीतिका कारण १० बर्षको सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमण कालको अवस्थामा पनि मुलुकको अर्थतन्त्र नकारात्मक अवस्थामा नपुगेको बताए ।
उनले उद्योग ब्यापार मुलुकको आर्थिक बिकाससँग सम्बन्धित भएका कारण नीजि क्षेत्र र सहकारी क्षेत्रलाइ साथमा लिनु जरुरी रहेको बताए ।‘अहिले आर्थिक अवस्था स्थिर छ’ नेता सिंहले भने ‘यो समयमा अरु कुरामा ध्यान नदिइ, पुर्वाधार विकास, खानेपानी, कृषि, स्वास्थ्य क्षेत्रमा केही बढी मिहेनत गरे समृद्धिको सपना साकार हुनेमा कसैको पनि दुइ मत छैन’ ।
उनले गुल्मी जिल्ला बिभिन्न सम्भावनाहरुले भरिपुर्ण भएको भन्दै सम्भावनाहरुलाइ उपलब्धिमा परिणत गर्न सझाव दिए । ‘गुल्मीमा धेरै सम्भावनाहरु छन’ नेता सिंहले भने ‘सम्भावनालाइ सम्भावनामा मात्र सीमित नगरी काम गरेर देखाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सक्नुपर्दछ’ ।
नेता सिँह स्थानीय स्तरका लोप हुन लागेको बस्तुहरुको प्रबद्र्धन गर्नमा यस्ता महोत्सबहरु निकै महत्वपुर्ण भएको बताएका छन ।