मोरङ। नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध कारखाना श्रमिक संघमा अमृतलाल जोशीको समुह निर्वाचित भएको छ। जोशीका प्रत्यासी विरेन्द्र कुमार सिंह समुह भने पराजित भएको छ। अध्यक्षमा जोशीले १४३ मत ल्याउँदा सिंहले ११२ मत ल्याएका छन्।
सह अध्यक्षमा देवेन्द्र पौडेल १३४ मत सहित विजयी हुँदा उनका प्रत्यासी शुरेस भगत ११३ मत ल्याएर पराजित भए। बरिष्ठ उपाध्यक्षमा भने गुलावचन्द्र चौधरी १५६ मत ल्याएर विजयी हुँदा विजय पौडेलले ६१ मत मात्र पाए।
तीन उपाध्यक्षमा देवेन्द्र झा सुन्दर कुमार खड्का विजयी भए भने रेश्मीराज गैरे र रोहित कुमार चौधरीले बराबर मत पाए। महिला उपाध्यक्षमा पनि उमा कुमारी दुवे र सरिता रेग्मीले बराबर १२१ मत पाए।
महासचिवमा लक्ष्मी प्रसाद त्रिपाठीले शुरेस मण्डललाई पछि पारे। तीन उपमहासचिवमा उपेन्द्रराज सिग्देल, केशवराज भट्टराई र राजन कुमार श्रेष्ठ निर्वाचित भए। कोषाध्यक्षमा भने चन्दन झा निर्वाचित भए।
सहकोषाध्यक्षमा र अन्य कार्यसमिति सदस्यहरुमा पनि जोशी समुह हावी भएको बताइएको छ।