arrow

पोखरा विश्वविद्यालयः नेविसंघका तीन नेताले स्ववियुको समानुपातिकमा बस्न अस्विकार

logo
प्रकाशित २०७४ चैत २९ बिहिबार
NSU-election.jpg.jpeg

काठमाडौं।  नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पोखरा विश्वविद्यालयको स्ववियुमा तीन जना समानुपातिक सदस्य मनोनित गरेकोमा तीनै जनाले सो पदमा बस्न अस्वीकार गरेका छन् । 

नेविसंघ केन्द्रीय समितिले पोखरा विश्वविद्यालयको स्ववियुमा संगठनको भागमा परेको तीन समानुपातिक सदस्यमा विष्णु सुवेदी, उज्वल चौलागाईँ र सुवास खड्कालाई मनोनयन थियो । 

तर, उनीहरुले तीनै जनाले विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अधिकृतलाई  सम्बोधन गरेर समानुपातिक सदस्यबाट नाम फिर्ता लिएको बताएका छन् । 

उनीहरुले संगठनमा छुटाउनै नहुने नाम सिफारिश गरिएको भएपनि उक्त नाम छुटाएको भन्दै असन्तुष्टि जनाएका छन्। केन्द्रले उनीहरुसहित ८ जनाको नाम सिफरिश गरेकोमा दीपेन भट्टराईलाई नसमेटिएकोमा असन्तुष्टि जनाएको बताइएको छ ।

‘हामी नभएपनि केहि हुन्नथ्यो । तर,  संगठनमा ठूलो योगदान दिने दीपेन भट्टराईलाई नसमेटिँदा हामीलाई पनि बस्न उचित लागेन ’,  संगठनमा बस्न अस्वीकार गर्नेमध्येका एक कार्यकर्ताले बताए । उनीहरुले कुनैपनि हालतमा समानुपातिक सदस्यमा  दीपेनको नाम हुनुपर्ने  बताएका छन्। 

नेविसंघ केन्द्रले सुवेदी, चौलागाईँ र खड्कासहित दीपेन भट्टराई, निरज भट्टराई, कृष्ण बस्नेत, सुशान्त त्रिपाठी र  सगुन भण्डारीको नाम सिफारिश गरेको थियो । तर, पर्याप्त छलफल बिनै सुवेदी, चौलागाईँ र खड्का मनोनय गर्दा समस्या उत्पन्न भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ